झापामा कर्फ्यू केही खुकुलो, बिहान ८ बजेदेखि पुन: कडाइ गरिने

झापा- जिल्ला प्रशासन कार्यालय, झापाले आज बिहान ८ बजेदेखि जिल्लाभरि कर्फ्यू आदेशलाई पुन: कडाइका साथ लागू गर्ने भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनाअनुसार हिजो (भाद्र २५ गते) दिउँसो ३ बजेदेखि आज (भाद्र २६ गते) बिहान ६ बजेसम्म जारी गरिएको कर्फ्यू आदेशपछि बिहान ८ बजेसम्म अत्यावश्यक सामान खरिदका लागि केही खुकुलो पारिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

तर, अब अर्को सूचना नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायको अनुमति लिएर मात्र बाहेक घर बाहिर निस्कन, हिँडडुल गर्न र भेला हुन नपाउने गरी कर्फ्यू आदेश पुन: लागू गरिएको छ ।

प्रशासनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *