कोशीको पानी झापाको मेची नदीसम्म पुर्याउन एक सांसदले माग गरेका छन्।
सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा सांसद् गोपालबहादुर विश्वकर्माले कोशीको पानी नहर बनाएर झापा पुर्याउन प्रदेश सरकारसँग माग गरेका हुन्।
बाली लगाउने बेला किसानहरूले सधैँ सिँचाइको अभाव झेल्नु परेको भन्दै उनले कोशीको पानी सिँचाइका लागि झापा पुर्याउन माग गरेका हुन्।
उनले भने ‘यता कोशीमा पानी बगेर खेर गइरहेको छ। उता किसानका खेत सिँचाइ नभएर बाँझै हुने गरेको छ। अब, कोशीको पानी झापाको मेची नदिसम्म पुर्याउने व्यवस्था गरियोस्।’
विश्वकर्माले बाली लगाउने बेला किसानले मल नपाएर हैरानी बेहोर्नु परेको भन्दै किसानलाई सहज रुपमा मलको व्यवस्था गरिदिन प्रदेश सरकारलाई उनले ध्यानाकर्षण समेत गराए।