झापामा चर्चित नाटक ‘रिफण्ड’ मञ्चन हुने

चर्चित नाटक रिफण्ड झापामा मञ्चन हुने भएको छ । झापा नाटक घरमा यही माघ १० गतेबाट नाटक रिफण्ड मञ्चन हुने भएको हो । प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिद्वारा लिखित नाटक रिफण्ड क्षितिज नाट्य प्रतिष्ठानको नव निर्मित भवन झापा नाटक घरमा मञ्चन गरिने भएको प्रतिष्ठानका अध्यक्ष माधव कल्पितले घटना र विचारलाई बताए छ ।

EPIC

मोरङ्गको विराटनगरमास्थित नाम्लो नाट्य समूह, झोराहाट नाट्य समूह र क्षितिज नाट्य प्रतिष्ठानको साझेदारीमा उक्त नाटक मञ्चन हुन लागेको हो । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियान्ता तथा परिकल्पनाकार, रंङ्गकर्मी कल्पितका अनुसार यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी पठ्यक्रममा समावेश भएको कारण नाटक विद्यार्थी, शिक्षक तथा अभिभावक सवैले हेर्नुपर्ने हुन्छ । नाटकका निर्देशक सुदिजंग कार्कीले छन् ।

EPIC EPIC EPIC

कार्कीका अनुसार नाटक करिव एक घण्टा समयको छ । नाटकमा सुरज माझी, दिक्षा चौधरी, वन्वो सन्तोष, प्रज्वल भट्टराई, प्रदिप दाहल, विवेक मिश्र र सुदिपजंग कार्कीको अभियान रहने छ । नाटकमा लाईट सुशील कार्कीले समायोजन गर्ने छन् भने म्युजिक सञ्जय मुडियारीको रहने नाटकका लागि शिक्षासेवी तथा क्षितिज साहित्य प्रतिष्ठान झापाका सचिव ताराप्रकाश भट्टराइको संयोजकत्वमा संगीत बिभाग रहेको छ ।

सडकमा १५ रुपैयाँको १ थान इट्टा मागेर विगत ४ बर्ष अघिबाट बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण कार्यमा जुटेको प्रतिष्ठानले हालसम्ममा २ करोड ७३ लाख ६० हजार मूल्यबराबरको नाट्य कला मन्दिर निर्माण गरिसकेको र कोशी प्रदेशकै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालय निर्माणका लागि १ सय ४५ धुर जमिन जुटाउन सफल भएको छ । उक्त क्षेत्र भित्र २५ अर्ब लागतको साँस्कृतिक संग्रहालय निर्माण गरिने प्रारम्भिक स्टमेट तयार गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष कल्पितका अनुसार नाटक घरको पूर्णताका लागि पहिलो पटक मञ्चन गर्न लागिएको नाटक रिफण्डबाट करिव २० लाख संकलन गर्ने लक्ष्य राखेर प्रतिष्ठानलाइ हल्दिबारी गाउपालिका, बिर्तामोड, अर्जुनधारा, भद्रपुर र कनकाइ नगरपालिकाले आ– आफ्ना पालिका भित्रका बिद्यार्थी, शिक्षक र अभिभावकलाई विद्यालयको पाठ्यक्रममा नै समाबेश गर्न आग्रह गरिएको छ ।

यो नाटक हेर्न सबै विद्यालयमा सर्कुलरसमेत गरिसकेको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्गदेनले जानकारी दिएका छन् । ‘नाटक बिद्यार्थीसँंग सम्बन्धित र पाठ्यक्रममा नै रहेको हुँदा हामी प्याप्सन बिर्तामोडको तर्फबाट नगरभित्रका सबै बिद्यार्थी र बिषयगत शिक्षक, शिक्षिकालाई समेत नाटक घरसम्म प¥याएर नाटक देखाउने तयारीमा जुटेका छौ’ झापा नाटक घर निर्माण ब्यवस्थापन समिति सदस्यसमेत रहेका बिर्तामोड प्याप्सन अध्यक्ष उत्तम खनालले भने ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *