झापामा चैत्र महिनाभर ५१ फरार प्रतिवादी पक्राउ, ५० लाख बढी जरिवाना असुल

झापा — जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको चैत्र महिनाभर विभिन्न मुद्दामा फरार रहेका ५१ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि खटिएको टोलीले फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी झापा जिल्ला अदालतमा पेश गरेको हो। अदालतको आदेशअनुसार कैद असुल बाँकी रहेका प्रतिवादीहरूलाई कारागार पठाइएको छ भने जरिवाना मात्र बाँकी रहेका प्रतिवादीहरूबाट जरिवाना असुल गरी रिहा गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) खगेन्द्र बहादुर खड्काका अनुसार पक्राउ गरिएका प्रतिवादीहरूबाट जम्मा २७ वर्ष ९ महिना ७ दिनको कैद र नगद ५० लाख ४३ हजार ४१० रुपैयाँ जरिवाना असुल गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *