झापामा डा. महावीर पुन : दुई लाख २५ हजार प्रति पुस्तक बिक्री, १२ करोड संकलन

भद्रपुर, २५ साउन । राष्ट्रिय आविष्कार केन्द्रमार्फत बीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक संकलन गर्ने उद्देश्यले सुरु गरिएको ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री अभियान अन्तर्गत हाल डा. महावीर पुन झापामा रहेका छन्।

डा. पुनका अनुसार विज्ञान र प्रविधिलाई आत्मसात् गर्दै सामाजिक सेवामा आफू ३२ वर्षदेखि सक्रिय छन्। बीरगञ्ज कृषि औजार कारखानाबाट कृषि उपकरण उत्पादन गरी राष्ट्रको कृषि क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्यसहित आफू क्रियाशील रहेको उनले बताए।

EPIC EPIC EPIC EPIC EPIC EPIC

७१ वर्षीय डा. पुन विगत ४८३ दिनदेखि देशभर पुस्तक बिक्री अभियानमा छन्। हालसम्म दुई लाख २५ हजार प्रति पुस्तक बिक्रीबाट करिब १२ करोड रुपैयाँ बचत भएको उनले जानकारी दिए। अभियानमार्फत २० देखि २५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको पनि उनले बताए।

अहिलेसम्म करिब १७० वटा स्थानीय पालिकामा पुगिसकेको जानकारी दिँदै डा. पुनले कारखानाबाट उत्पादित कृषि औजारहरूले कृषकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार हाल कारखानामा १५ प्रकारका कृषि औजार निर्माण तथा परीक्षणको क्रममा छन्, र एक वर्षभित्र देशभर वितरण गर्ने लक्ष्य राखिएको छ।

राष्ट्रिय आविष्कार केन्द्रबाट अहिले अस्पतालका लागि आवश्यक विभिन्न सफ्टवेयर र केही साना मेसिनहरू उत्पादन भइरहेको उनले उल्लेख गरे। ती सामग्रीहरू खरिद गरी प्रयोग गर्न पनि उनले आग्रह गरे।

कारखाना सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको भन्दै योग्यता र सीप भएका व्यक्तिहरूलाई सहभागिताका लागि उनले आह्वान गरे। पुस्तकमार्फत युवामा व्यक्तिगत, सामाजिक र राष्ट्रिय योगदानको भावना जगाउन खोजिएको बताउँदै डा. पुनले आफ्नो अनुभव, सफलता र असफलताबाट सिकेर सकारात्मक सोच विकास गर्ने सन्देश पुस्तकमा समेटिएको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *