झापामा तीन लाख बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

बिर्तामोड । झापामा तीन लाख बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ ।

दादुरा–रुबेला खोप अभियान अन्तरगत जिल्लामा फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा ‘जिल्लास्तरीय सञ्चारकर्मीहरुसँग अभिमुखीकरण गोष्ठी’ समेत गरेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापामा खोप लगाउने दर उच्च भएपनि दादुरा–रुबेलाको जोखिम कायमै रहेकाले अभियान सञ्चालन हुन लागेको बताउनुभयो । “संक्रमण दर धेरै भएकाले एक जना पनि दादुरा देखिनु खतरा हो”, उहाँले भन्नुभयो, “जिल्लामा केही केश फेला परेकाले व्यापक रुपमा खोप अभियान चलाइएको हो ।”

जिल्लाव्यापी खोप अभियानका यहाँका स्वास्थ्य संस्थाबाहेक नौ सय ४७ खोपकेन्द्र निधारण गरिएको छ । अभियानताका तीन ६९ खोपकर्मी, एक हजार सात सय १७ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो । जिल्लामा खोप अभियानका सञ्चालन गर्न दुई लाख ७० हजार थान भ्याक्सिनसमेत आइसकेको छ ।

अभिमुखीकरण गोष्ठीमा विश्व स्वास्थ्य संगठनकी मेडिकल अफिसर डाक्टर संगीता शाहले ज्वरो आएको बेलामा खोप लगाउने नमिल्ने भए पनि ज्वरो निको भएपछि खोप लगाउन सकिने बताउनुभयो । “बालबालिकामा इम्युनिटी पावर कम भएका बेला बाहेक अरु बेला लगाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

झापामा सन् २०१९ र २०२३ मा अभियान सफल भएकाले पुनः खोप अभियान सञ्चालन गरिएको जनाइएको छ । सरकारले समेत मुलुकबाट सन् २०२६ मा दादुरा–रुबेला उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

झापामा सन् २०२४ को जनवरीमा आठ जना बालबालिकामा दादुराको संक्रमण देखिएको थियो । झापा गाउँपालिकामा छ जना, बिर्तामोड र दमक नगरपालिकामा एक÷एक जना संक्रमण देखिएको खोप अधिकृत पोखरेलले बताउनुभयो ।

अभिमुखीकरण गोष्ठीमा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खोप अभियानलाई तल्लो तहसम्म पुर्याउनुपर्नेमा जोड दिँदै सञ्चारकर्मीले समेत अभियान सफल बनाउन लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जिल्लामा खोप अभियानबारे भइरहेको गतिविधि र वर्तमान अवस्थाका बारेमा सहभागीलाई जानकारी दिनुभएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *