झापामा धान खेतीको क्षेत्रफल घट्दै


बुद्धशान्ति (पालिका सन्देश) । कोशी प्रदेशकै सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा केही बर्षयता धान खेतीको क्षेत्रफल घट्दै गएको छ । बितेको चार बर्ष यता झण्डै १० हेक्टर क्षेत्रफल खेती घटेसँगै धान उत्पादन समेत घट्दै गएको पाइएको छ । चार बर्ष अघि झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा ४ लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो बर्ष ३ लाख ८२ हजार मेट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताएका छन् । तर यो बर्ष भने ७२ हजार हेक्टर हाराहारीमा मात्र धान खेती भएको उनले बताए ।

EPIC

पछिल्लो बर्षहरुमा धान खेती हुने स्थानमा घर घडेरीले भरिन थालेको र गैरकृषि प्रयोजन हुने कार्य बढेकाले धान खेतीको क्षेत्रफल कम हुँदै गएको प्रमुख बिष्टको भनाइ छ । त्यस माथि यो बर्ष रोगका कारण पनि धान उत्पादनमा गिरावट आएको छ । उनले भने, ‘यो बर्ष अगुवा धानमा केही स्थानीय तहमा बहुगुणी २, सामामुसलीमा रोगको समस्या देखिएकाले उत्पादन घटेको छ ।’

EPIC EPIC EPIC

जलवायु परिवर्तनका कारण लामो समय घाम लाग्दा धान मर्ने समस्या आएको छ । यस्तै पानी पर्दा अधिक बर्षा हुने भएकाले उत्पादनमा गिरावट आएको कृषकहरुले बताउँदै आएका छन् । झापामा चार बर्ष यता १० हजार हेक्टर बढी धान खेती घट्नुले उत्पादनमा ह्रास आउँदै गएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ । बढ्दो शहरीकरण र भूउपयोग नीतिको उचित कार्यान्वयन हुन नसक्दा कृषियोग्य जमिन घट्दै गएको अगुवा कषकहरु बताउँछन् ।

कृषि मन्त्रालयको तथ्यांकलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०८०÷८१ मा कुल धानबाली भित्र्याइएको क्षेत्रफल गत आवभन्दा ०.६१ प्रतिशत अर्थात् ८ हजार ८ सय हेक्टरले कमी भएको कृषि विभागले जनाएको छ । अहिले धान खेती हुने क्षेत्र १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल गएका चार आवर्षको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *