झापामा पर्यटन पत्रकार मञ्च गठन, विनोद पण्डेको अध्यक्षतामा तदर्थ समिति चयन

बिर्तामोड, झापा – झापामा पत्रकार विनोद पण्डेको नेतृत्वमा पर्यटन पत्रकार मञ्च गठन भएको छ। बिर्तामोडस्थित विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सभाहलमा आयोजित एक कार्यक्रममा पण्डेको अध्यक्षतामा मञ्चको तदर्थ समिति चयन गरिएको हो।
समितिमा पुष्प बराल उपाध्यक्ष, हिमाल खरेल सचिव, नारायण अर्याल सहसचिव र प्रकाश बानियाँ कोषाध्यक्षका रूपमा चयन भएका छन्। त्यस्तै, इन्द्रजीत मुखिया, प्रेम आचार्य, विष्णुकुल श्रेष्ठ र धर्मराज प्रसाईं सदस्य रहेका छन्।

मञ्च गठनसँगै झापाको पर्यटन प्रवर्द्धन, समस्या समाधान र आगामी योजना विषयमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ। छलफल कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ लाई लक्षित गरी सञ्चालन भएको बताइएको छ।
कार्यक्रममा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकी, नाट्टा कोशी प्रदेशका महासचिव नविन खरेल, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, महासचिव शिवराज पौडेल, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्रप्रसाद प्रसाईं लगायतले पर्यटन प्रवर्द्धनमा जोड दिएका थिए।
स्थानीय पर्यटकीय स्थलको डिजिटल प्रवर्द्धन, होटल तथा व्यवसायिक केन्द्रहरूमा जानकारीमूलक सूचना तथा तस्बिर राख्ने, ग्रामीण पर्यटनलाई प्राथमिकता दिने जस्ता विषय छलफलको केन्द्रमा रहेका थिए।
मञ्च गठनको उद्देश्यबारे अध्यक्ष विनोद पण्डेले भने,

EPIC EPIC EPIC

“झापाका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको प्रचार-प्रसार र प्रवर्द्धनमा योगदान पुर्‍याउनु हाम्रो मुख्य लक्ष्य हो।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *