- गौरादह नगरपालिका ४ मैदानघुपाका दुई वर्षिय बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
- पैनीमा खेल्ने क्रममा अचानक डुबेर बेहोस भएका उनलाई उपचारको लागि बाबुआमाले स्थानीय मेडिकलमा लगेका थिए ।
- उपचारका क्रममा उनको मृत्यु भएको हो ।
झापा- झापाको गौरादह नगरपालिका ४ मैदानघुपाका दुई वर्षिय बालकको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय गोपाल भट्टराईका २ बर्षीय छोरा संयोग भट्टराईको पैनीमा डुबेर मृत्यु भएको हो ।
हिजो बेलुका साढे ६ बजे घर अगाडीको पैनीमा खेल्ने क्रममा अचानक डुबेर बेहोस भएका उनलाई उपचारको लागि बाबुआमाले स्थानीय मेडिकलमा लगेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।