Search
Close this search box.
Search
Close this search box.

झापामा भारत लाँदै गरेको बाख्रासहित पिकअप नियन्त्रणमा

bb

बिर्तामोड, ११ फागुन । झापाको सीमावर्ती गाउँपालिका झापा–१ स्थित लसुनाबाट बुधबार राति बाख्रासहित प्रहरीले पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

नेपालबाट भारततर्फ अवैध रुपमा लाँदै गरेको ३१ वटा बाख्रासहित पिकअप इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC

उहाँका अनुसार प्रहरीले मे।१ च।४७३३ नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा रु।७७ हजार पाँच सय मूल्य बराबरको ३१ वटा बाख्राहरु अवैध रुपमा नेपालबाट भारततर्फ लैजादैं गरेको अवस्थामा फेला पारेको हो ।

पिकअप गाडी र बाख्राको रु १० लाख ७७ हजार पाँच सय मूल्यांकन गरी आज मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको उहाँले बताउनुभयो । गाडीको चालक झापा–३ का २६ वर्षीय सेख असरत र सोही स्थानका २९ वर्षीय रकमुदिन मियासमेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *