झापामा भीषण हावाहुरी: घर, खेती र उद्योगमा व्यापक क्षति

बिर्तामोड। हिजो साँझ र राति आएको भीषण हावाहुरीका कारण झापाका विभिन्न स्थानीय तहमा भौतिक क्षति पुगेको विवरण संकलन हुन थालेको छ।

प्रहरीका अनुसार हावाहुरीले विशेषगरी दमक, मेचीनगर, बाह्रदशी र हल्दिबारी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। दमकका विभिन्न वडामा दर्जनौं घरका छाना उडाएका छन् भने विद्युत्का पोलहरू ढलेका छन्।

EPIC EPIC EPIC EPIC

दमक–४ संगमचोक निवासी कमला अधिकारीको डेढ तले पक्की घरको माथिल्लो तलामा रहेको सिँढी छोप्ने जस्ता उडाएको छ। सोही स्थानका भीमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाका दुई कोठाको जस्ता पनि उडाएको जनाइएको छ।

यस्तै, दुर्गा प्रसाईंद्वारा सञ्चालित दुर्गा काँटा गल्ला भण्डारको सम्पूर्ण जस्तापाता उडाएका कारण स्टोर हलमा राखिएको ६० बोरा फापर पानीले भिजेर क्षति पुगेको छ। बालुवाटार क्षेत्रका पाँच वटा घरमा पनि छाना उडाउने क्षति भएको छ।

बाह्रदशी–७ बत्तीसबिघा क्षेत्रमा रहेको केरा बगानमा हावाहुरीले ठूलो क्षति पुर्याएको छ। अनुमानित ४० बिघा क्षेत्रफलमा फैलिएको केरा खेतीमा लाखौं रुपैयाँ बराबरको नोक्सानी भएको किसानहरूले बताएका छन्।

मेचीनगर–१५ गाइनाबारीस्थित कामक्ष इन्डस्ट्रिज प्रा.लि. (प्लाइ उद्योग) मा पनि हावाहुरीले क्षति पुर्याएको छ। उद्योगको पिलिङ भवनको पश्चिम भागको ट्रस उडाएको र एउटा सिसिटिभी क्यामेरा फुटेको उद्योगले जनाएको छ।

यस्तै, हल्दिबारी–४ बलटोलका ६९ वर्षीय सकलदिप साहको बाँसको टाटीबेरा र टिनले बनेको तीन कोठे कच्ची घर पूर्णरूपमा क्षति भएको छ।

प्रहरी र सम्बन्धित स्थानीय तहले क्षतिको विस्तृत विवरण संकलन जारी राखेको जनाएको छ।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *