झापामा भैंसी चोरी गर्ने बानियाँ पक्राउ


झापा। झापा जिल्लामा भैंसी चोरीको आरोपमा एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा गाउँपालिका वडा नं. ६ बस्ने १९ वर्षीय विनोद बनियालाई भैंसी चोरी गरी बिक्री गर्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।


सोमबार बिहान करिब ११:०० बजेको समयमा विनोद बनियाले सोही गाउँपालिका वडा नं. ६ बस्ने खगेन्द्र कुमार कार्कीको भैंसी खेतमा चराउन बाँधिएको स्थानबाट चोरी गरेका थिए। चोरी गरिएको भैंसी बिक्री गर्नका लागि उनले झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका वडा नं. ६ को सिमानामा पर्ने बिरिङ खोलासम्म पुर्‍याएका थिए।

EPIC EPIC EPIC EPIC EPIC


बिरिङ खोलामा उनले भैंसी खरिद-बिक्री गर्ने व्यापारीहरूलाई सम्पर्क गरी बोलाएका थिए। भैंसी बिक्री गर्ने क्रममा व्यापारीहरूलाई यो भैंसी चोरीको हुन सक्ने शंका लागेपछि उनीहरूले तत्काल स्थानीय प्रहरीलाई खबर गरेका थिए।


जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई गई विनोद बनियालाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाले बनियालाई झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *