झापामा मनसुन विपद् व्यवस्थापनका लागि ७५५ जनशक्ति तयार

झापा — आगामी मनसुन अवधिमा संभावित विपद् व्यवस्थापनका लागि झापामा ७५५ जना जनशक्ति तयारी अवस्थामा राखिएको छ। यसका अतिरिक्त थप जनशक्ति परिचालन गर्न सुरक्षा निकाय र रेडक्रसले समेत पूर्वतयारी गरिसकेका छन्।

जिल्लामा सशस्त्र प्रहरी बलका ३२० जना, नेपाल प्रहरीका ११० जना, नेपाली सेनाका १६० जना, नेपाल रेडक्रस सोसाइटीका १२५ जना र विपद् व्यवस्थापन गुल्मका ४० जनालाई तयारी अवस्थामा राखिएको हो।

EPIC EPIC EPIC

चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा सोमबार सम्पन्न छलफलमा विभिन्न सुरक्षा निकाय, स्थानीय तह र संघसंस्थाका प्रतिनिधिहरूले आ–आफ्नो तयारीबारे जानकारी दिएका थिए।

सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टर, झापाका नायव उपरीक्षक मदनकुमार रसाइलीका अनुसार गणमा ३५ जना र मातहत गुल्म, बिओपी तथा सुरक्षा बेसमा उद्धार सामग्रीसहितका टोली खटिएका छन्। उनका अनुसार, विपद् व्यवस्थापन सम्बन्धी अनुशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिएको छ भने जिल्लाका १३१ वडामा २५ जनाको दरले ३,२७५ जना विपद् सूचक तयार पार्ने लक्ष्यअनुसार हालसम्म १७१ जनालाई प्रशिक्षण दिइसकिएको छ।

रसाइलीले चालु आर्थिक वर्षमा १९३ वटा विपद् सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरिएको जानकारी पनि दिए।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश कार्कीका अनुसार, झापामा कार्यरत १,१८४ जना प्रहरीमध्ये ११० जनालाई विशेषगरी मनसुन विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको छ। उनका अनुसार प्रहरी स्रोतसाधन पनि तयारी हालतमा राखिएको छ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, झापाका प्रतिनिधि हरिशरण खड्का र विपद् व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक विन्देश्वर यादवले आफ्ना निकायका तयारीबारे जानकारी दिएका थिए।

यस वर्षको मनसुनमा झापाका ८,९१९ घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *