झापामा महिलाद्वारा आत्महत्या प्रयास : आफ्नै पेटमा खुकुरी प्रहार

झापा – झापाको कनकाई नगरपालिकामा एक महिलाले आफ्नै पेटमा खुकुरी प्रहार गरी आत्महत्या प्रयास गरेकी छन्।

हिजो साँझ करिब ७:३० बजे कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुर निवासी नारायण घतानीकी श्रीमती, अन्दाजी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नै पेटमा खुकुरी रोपेको घटना सार्वजनिक भएको छ। आत्महत्या प्रयास गर्नुको कारण अहिलेसम्म खुलेको छैन।

EPIC EPIC EPIC EPIC EPIC

उनलाई घाइते अवस्थामा श्रीमानले देखेपछि तत्कालै उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। हाल उनी सोही अस्पतालमा उपचाररत रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *