बाह्रदशीः चारपाने राजगढ सडकखण्डमा आज बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भ्यान एकापसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।
सो दुर्घटना बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा परी सोही पालिका वडा नं १ भागुडुब्बाका भ्यान चालक ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको मृत्यु भएको छ ।
घाइते वडा नं १ कै ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ बस्ने १२ वर्षीय विशाल पौडेलको विर्तामोडस्थित बिएण्डसी अस्तालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिएका छन् ।