Search
Close this search box.
Search
Close this search box.

झापामा लागुऔषध ओसारपसारमा नाबालकको प्रयोग

झापा । काकरभिट्टा नाकाबाट लागूपदार्थ ओसारपसार गर्न नाबालकको प्रयोग हुने तथ्य बाहिर आएको छ ।

गत सोमबार काकरभिट्टा स्थित मेची पुलबाट ८ वर्षीय बालिकाको साथमा प्रतिबंधित लागुऔषध ब्राउन सुगर फेला परे पछि यस्तो तथ्य बहिर आएको हो ।

EPIC EPIC EPIC

आफ्नै छोरीलाई प्रयोग गरी लागूपदार्थ ओसारपसार गरेको अभियोगमा कनकाई नगरपालिका ३ की २४ वर्षीय सरिता विकलाई लागुऔषध नियन्त्रण ब्युरो काकँरभिट्टाले पक्राउ गरेको छ ।

उनले छोरीको साथमा लुकाईछिपाई ल्याएको २ ग्राम प्रतिबंधित लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी विकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झापामा बालबालिकाले प्रतिबंधित लागुऔषध प्रयोगका घटना दिन प्रतिदिन बढ्दै गएको भए पनि लागुऔषध ओसारपसारमा नाबालकको प्रयोग भएको घटना भने यो पहिलो भएको प्रहरीले जनाएको छ । यसले लागुऔषध नियन्त्रणको अभियानमा थप जटिलता थपेको प्रहरीको भनाइ छ ।

यस अघि झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा पछिल्लो एकवर्षमा २० जना बालबालिकालाई लागुऔषध प्रयोग गरेको अवस्थामा पक्राउ गरी अविभावकको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रमुख निराजन कटुवालले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

लागुपदार्थ सेवन गर्ने बुद्धशान्तिका २० बालबालिका अभिभावकको जिम्मामा

साथीभाईको सङ्गत र प्रबिधिको बढ्दो प्रयोगले बालबालिकाहरु अपराधिक क्रियाकलापमा संलग्न हुने पाइएको छ ।

अभिभावक, विद्यालय, प्रहरी तथा अन्य सरोकारवाला निकायले आवश्यक सचेतेना र निगरानी नराखे यो समस्या अझ जटिल बन्ने निश्चित प्राय छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *