Search
Close this search box.
Search
Close this search box.

झापामा लागुऔषध नियन्त्रण सम्बन्धि कार्यक्रममै रक्सीका बोतल भेटिएपछि

झापा। झापाको काँकरभिट्टामा बुधबार आयोजना गरिएको लागुऔषध विरुद्धको कार्यक्रम स्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र मेची सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा काँकरभिट्टा खानेपानी सभाहलमा कार्यक्रम राखिएको थियो ।

EPIC

कार्यक्रम हलको कुर्सीमै बियरका दर्जनौं बोलत छरपस्ट थिए । कार्यक्रममा आयोजक समितिले लागु पदार्थ दुव्र्यसनी रोक्न सरोकारवाला लाग्नु पर्ने बताइरहेका थिए ।

तर, हलभित्रै रक्सीको बोतल सञ्चारकर्मीले भेटेर देखाएपछि आयोजकको आलोचना भएको छ । सञ्चारकर्मी खगेन्द्र घिमिरेले कार्यक्रम स्थलमै रक्सीको बोतल भेटिनुले अभियानको खिल्ली उडाएको बताए । त्यसपछि आयोजकले व्यवस्थापनमा कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने वचन दिएको छ ।-साझा परिवेशबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *