Search
Close this search box.
Search
Close this search box.

झापामा वर्षाले पाँच करोड २१ लाख बढीको अन्न–तरकारी बालीमा क्षति

झापा। झापामा पछिल्लो समय आएको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच करोड २१ लाख बढीको क्षति भएको छ ।

गत असोज ९ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्न–तरकारी बालीमा क्षति पु¥याउँदा रू पाँच करोड २१ लाख ५१ हजार नौ सय बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

EPIC EPIC

“अहिलेसम्म पाँच वटा पालिकाको क्षति विवरण आएको छ”, उहाँले भन्नुभयो, “विवरण संकलन गर्ने काम जारी छ ।” क्षति विवरण अझै बढ्ने उहाँले बताउनुभयो ।

झापा गाउँपालिका ४० दशमलव ५ हेक्टरमा लगाएको धान बाली क्षति हुँदा रू ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धान बालीमा क्षति हुँदा रू एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र तरकारी बालीमा क्षति पुग्दा रू १९ लाख २६ हजार, गौरादहमा धानबाली र तरकारी बाली गरेर रू एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र तरकारी बाली गरी रू एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *