झापामा विद्युतीय ट्रान्सफर्मर चोरी 

झापा। झापाको कनकाई नगरपालिका ५ स्थित चप्रामारीमा गएराती विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ ।
चोरी गर्ने समुहले ११ हजार भोल्टेजबाट ट्रान्सफर्मरको तार हटाई त्यहाँ रहेको १०० केभिएको ट्रान्सफर्मर चोरी भएको कनकाई नगरपालिका ५ का वडा सदस्य दिलु उप्रेतीले बताउँनुभयो ।

चोरी गर्ने समुहले तामाको तार र त्यहाँ रहेको तेलका लागि ट्रान्सफर्मर को चोरी गरेको र चोरी गर्ने समुहको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताउँनुभयो । 

EPIC EPIC EPIC EPIC EPIC EPIC

हालसम्म यस क्षेत्रमा कुखुरा, काठ, लगायतका घरायसी सामाग्रीहरू चोरी हुने गरेको भएपनि यसरी मेन लाईनकाटेरै ट्रान्समिटरनै चोरी भएको भने यो पहिलो घटना भएको कनकाई नगरपालिका ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले बताउँनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *