Search
Close this search box.
Search
Close this search box.

झापामा सबैभन्दा बढी बेरुजु बिर्तामोडमा र सबैभन्दा कम झापा गाउँपालिकामा

बिर्तामोड। झापाका पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु बिर्तामोडमा भएको पाइएको छ । आर्थिक बर्ष ०७९र०८० को लेखापरीक्षण प्रतिवेदन अनुसार बिर्तामोडमा सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो ।

आइतबार महालेखा परीक्षकको कार्यालयले ६१औँ बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ । महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

EPIC

महालेखापरीक्षकको प्रतिवेदन अनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ४।५४ प्रतिशत बेरुजु रहेको पाइएको छ । मेचीनगर नगरपालिका बाहेक अन्य १४ पालिकाको सार्वजनिक प्रतिवेदनमा कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिका बढी बेरुजु भएको दोस्रो र तेस्रो पालिकाको सुचिमा रहेको छ । कनकाईको ३।९१ र अर्जुनधाराको ३।५५ प्रतिशत बेरुजु रहेको छ ।

सबैभन्दा कम झापा गाउँपालिकामा ०।५७ प्रतिशत बेरुजु रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयले ७५३ मध्ये ७४८ पालिकाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *