झापामा सम्झना राजवंशीको उपचारका लागि आर्थिक सहयोग अभियान

झापा – झापाको बाह्रदशी गाउँपालिका-२, बुट्टाबारीकी १४ वर्षीया सम्झना राजवंशीको उपचारका लागि राजवंशी खेलकुद विकास समितिले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ। सम्झना दुवै मृगौला फेल हुनुका साथै मुटुमा दाग देखिएको कारण जीवन-मरणको दोसाँधमा छिन्।

शनिबार बिर्तामोडको भाटभटेनी सुपरमार्केट अगाडि पानीपुरी तथा चट्पटे बेचेर संकलित रकम सम्झनाको उपचार खर्चका लागि प्रदान गर्ने उद्देश्यले समितिले सहयोग कार्यक्रम सञ्चालन गर्यो। आर्थिक रूपमा कमजोर उनको परिवारले सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

केही दिनअघि सम्झनालाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो। १२ दिनसम्म उपचार गराउँदा उनको स्वास्थ्यमा केही सुधार देखिए पनि अझै लामो उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्। हाल उनलाई घर फर्काइएको छ तर निरन्तर उपचारको खाँचो रहेको छ।

राजवंशी खेलकुद विकास समितिका अध्यक्ष बुद्धकरण राजवंशीका अनुसार सम्झनाको उपचारका लागि आवश्यक रकम संकलन गर्न अभियान जारी रहनेछ। भोलि सोमबार कचनकवल गाउँपालिकाको बनियानीस्थित हिकाहुकी चोकमा पनि पानीपुरी तथा चट्पटे बेचेर सहयोग संकलन गरिने समितिका सचिव गिरीबन्धु राजवंशी (गौतम) ले जानकारी दिए।

समितिले इच्छुक महानुभावहरूलाई सक्दो सहयोग गर्न आग्रह गरेको छ। “थोपा थोपा मिलेर सागर बन्छ” भनेझैं, सानो सहयोगले पनि सम्झनाको जीवन बच्न सक्छ। यस पुन्यकार्यमा सबैलाई सहभागी भई सहयोग गर्न समितिले अनुरोध गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *