झापामा सर्पदंशबाट वृद्धाको मृत्यु

झापा, २७ साउन – झापामा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ।

आइतबार बिहान ७ बजे झापाको बिर्तामोड–७ गरामनी मिलडाँडा निवासी ६८ वर्षीया धनमाया पौडेललाई गोमन सर्पले डसेर मृत्यु भएको हो। भण्डार कोठामा आलु निकाल्न गएका बेला पौडेलको दाहिने खुट्टामा सर्पले डसेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

सर्पले टोकेको थाहा पाएपछि उनलाई तत्काल उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड ल्याउँदै गर्दा बिहान ९:२५ बजे बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *