झापा। झापाको कमल गाउँपालिकामा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमल गाउँपालिका ३ बस्ने ३० वर्षीय बिरेन्द्र सहनीको मृत्यु जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ।
शनिबार बिहान ११ बजे कमल गाउँपालिका -३ बोहोरा टोलदेखि बगाने टोल हुँदै क्याम्पा निस्कने भित्री सडकखण्डमा उत्तर दिशा तर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फ गई रहेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा उक्त घटना भएको हो।
सहनीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी एवं प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिएका छन्।
अर्का मोटरसाइकल चालक सोम भगत बुढाथोकी सामान्य घाईते उनलाई इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानका राखिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।