Search
Close this search box.
Search
Close this search box.

झापामा हात्तीले सुँडले बोकेर लगेको ४ घण्टापछि वनभित्र महिलाको शव फेला

बिर्तामोड(पालिका सन्देश)- जङ्गली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका–८ स्थित नेपालचोक निवासी शुकलाल मर्डीकी ५० वर्षीया पत्नी लतुमाईको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।

EPIC EPIC EPIC

हात्तीले सुँडले बोकेर जंगलभित्र लगेको लतुमाईको शव ४ घण्टापछि चन्द्रगढी सामुदायिक वनभित्र सेती खोलाको पैनीमा भेटिएको उनले बताए।

प्रहरीका अनुसार बिहीबार बिहान ११ः५० मा भद्रपुर नगरपालिका–१० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वननिकट मर्डी दम्पती निगुरो टिप्न गएका थिए। त्यसैबेला जंगली हात्तीले लतुमाईलाई सुँडले बोकेर जंगलभित्र लगेको थियो।

पत्नीलाई हात्तीले लगेको जानकारी शुकलालले तत्कालै अस्थायी प्रहरी चौकी गरामनिलाई गराएका थिए।

त्यसपछि लतुमाईको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जंगल पसेका थिए। खोजीका क्रममा लतुमाईको शव भेटिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *