झापामा १० महिनामा तीन वटा हात्तीको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–३ मा करेन्ट लागेर एक वटा जंगली हात्तीको मृत्यु भएको छ ।

कमल–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा एक वटा हात्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC

हात्तीले बिजुलीको पोलमा धकेल्दा मागिको तार सर्ट भएर हात्तीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर सुड र एक वटा दारा जलेर हात्तीको घटनास्थलमै मृत्यु भएको हो । कानूनी प्रक्रियाका लागि घटनास्थलमा सव डिभिजन वन कार्यालय चुलाचुलीबाट टोली खटिएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

यता, योसँगै झापा चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म तीन वटा हात्तीको मृत्यु भएको छ ।

कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वनमा एक वटा र बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँच पोखरी सामुदायिक वनमा एक वटा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो ।

Facebook Comments Box

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च