झापा। प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले १५ सय जनाको पहिचानको लागि युवा दस्ता गठन गरेको छ।
कोशी नाम खारेजीको आन्दोलनमा प्रहरी दमन हुँदै आएकाले त्यसको प्रतिकार गर्न र भ्रष्टाचारविरुद्ध अभियान गर्न सो दस्ता निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्षसमेत रहेका सङ्घर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए ।

जिल्लाको १५ वटा स्थानीय पालिकाहरुबाट कम्तीमा दुई सय जनाको सङ्ख्यामा युवाहरू तयार भइसकेको पनि चौधरीले जानकारी गराए ।

२०७९ फाल्गुन १७ गते तात्त्कालिन एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले ८२ जना संसदले हस्ताक्षेर गरी प्रदेश १ लाई कोशी प्रदेश नानाकरण गरे पछी पहिचान पक्षधरहरुले उक्त नाम खारेज गरि पहिचानको आधारमा पुनः नामङ्कन गर्नु पर्ने भन्दै निरन्तर आन्दोलन गर्दै आइरहेको छन।
उक्त आन्दोलनको क्रममा चैत्र ५ गते बिराटनगरमा भएको बृहत जनप्रदर्शन हुदा प्रहरी संगको दोहोरो झडपमा पदम लिम्बु “लाजेहाङ” ले शाहदत प्राप्त गरेका थिए। त्यस्तै, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको अनुसार १५० भन्दा धेरै घाइते भएको जनाएको छ।