झापामा २५ करोडमा निर्मित ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन

झापा। मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि कोरोनाकालमा निर्मित एक हजार शय्याको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेको छ।

EPIC

कोरोनाको दोस्रो लहरका बेला नेपाल सरकारले सातै प्रदेशमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा दुहागढीमा २५ करोडको लागतमा सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरेको थियो।

EPIC EPIC EPIC

चार बिघा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा समान डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शय्यामा अक्सिजन आपूर्ति गर्न सकिने पाइपलाइन समेत जडान गरिएको छ। त्यहाँ २२ वटा शौचालय, १५ वटा डाइनिङ हल, एउटा प्रशासनिक भवन र दुई वटा भान्सा घर निर्माण गरिएका छन् ।

हाल उक्त होल्डिङ सेन्टरको सुरक्षा र रेखदेख नेपाली सेनाको चारआलीस्थित अरिदम गणले गरिरहेको छ। यति धेरै संरचना निर्माण भएर प्रयोगविहीन रहँदै आएकोमा सर्वत्र चिन्ता व्यक्त हुँदै आएको छ।

मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले करोडौँ लगानी गरेर बनाएको होल्डिङ सेन्टरलाई उपयोगविहीन नबनाउन सरकारसँग पटक–पटक आग्रह गरेको बताए।

“यस्ता संरचनाहरू प्रयोग नगरी नासिने अवस्थामा पुग्न दिनुहुँदैन,” नगरप्रमुख बुढाथोकीले भने, “यसको उपयोगका बारेमा धेरै कोणबाट सुझाव आएका छन्। लागुऔषधको सुधारगृह बनाउनु पर्छ भन्ने विकल्पमा धेरैको सकारात्मक धारणा छ। जसरी हुन्छ यसको सदुपयोग हुन्छ।” 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाले झापा र मोरङमा रहेको होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *