Search
Close this search box.
Search
Close this search box.

झापामा ७६ घर डुबान

 झापा – झापाका नदी तथा खोलामा आएको बाढीका कारण ७६ घर डुबानमा परेको छ । मेची नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा पिलरसहितको फेन्सिङ तार नै बगाएको छ ।

सोमबार राति परेको अविरल वर्षाका कारण कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकाका ५१ घर डुबानमा परेका छन् । गौरीगञ्ज र झापा गाउँपालिका– १ सिमाना टप्पुस्थित माई खोलामा मंगलबार बिहान अन्दाजी साढे ११ बजे आएको बाढीले झापा २ सुगाबथान बस्तीका बासिन्दा प्रभावित भएका हुन् । बस्तीमा अन्दाजी अढाई फिटसम्म पानी पसेको प्रहरीले जनाएको छ ।

EPIC EPIC

त्यस्तै, झापा–२ को कुवाडीगाउँमा पनि एक फिटसम्म पानी जमेको थियो । त्यहाँका परिवार विस्थापित नभए पनि सहयोगका लागि सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

माई खोलाका कारण झापा–१ को मिलनबस्ती, सालमारा, लसुनगञ्ज, सितुमारी र झापा–२ को टप्पुगाउँ, सुगाबथान, कुवाडी, हवलदारबस्ती, बालुवाटार र सडकबारीका बासिन्दा जोखिममा रहेका छन् ।

त्यस्तै, रतुवा खोलाको बाढीले गौरादहका २५ घर डुबानमा परेका छन् । गौरादह नगरपालिका– ६ स्थित रतुवा खोलामा पानीको बहाव बढेर टंगुवा टोलमा रहेको ताजपुरीयाबस्तीमा पस्दा २५ घर डुबानमा परेका हुन् ।

घरमा पानी पसेर सामान्य क्षति पु¥याएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटाइएको थियो । त्यहाँका मानिसहरू विस्थापित हुने अवस्था तत्काल नरहेको र खोलामा पानीको बहाव घट्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

त्यसैगरी, मेची नदीमा आएको बाढीले हात्ती छेक्न लगाएको तीनवटा पिलरसहित फेन्सिङ तार बगाएको छ । बाढीले मेचीनगर नगरपालिका– १ र ४ को सिमाना प्रसाद गौडाका तटीय क्षेत्र कटान गर्दा पिलरसहित फेन्सिङ तारसमेत बगाउँदा अन्दाजी एक लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *