झापाले जित्यो प्रदेशस्तरीय महिला फुटबलको उपाधि

झापा। प्रथम कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ ।
आइतबार राति विराटनगरमा भएको फाइनल खेलमा पाँचथरलाई ३ ० को गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो। प्रथम कोशी खेलकुद महोत्सव २०८१ अन्तर्गत भएको प्रतियोगितामा झापाले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता पाँचथरले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

प्रतियोगिताका लागि सहभागी टिममा कनकाई नगरपालिकाका नौ जना खेलाडी सहभागी थिए । प्रतियोगितामा कनकाईकी जेनिफर मगरले प्लेयर अफ द टुर्नामेन्ट र हाइ स्कोरर घोषित हुँदै २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरिन्।

त्यस्तै, कनकाई सिम्रन राई बेस्ट मिड फिल्डर, बेस्ट डिफेन्स नेहा चौधरी, वेस्ट गोलकिपर सुशीला चौधरी, बेस्ट फर्वाड पूर्णिमा राई, प्लेयर अफ द म्याच मनिता तुम्रोक घोषित हुँदै जनही १० हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा वेस्ट कोचका रुपमा झापा कनकाईका सन्त रायमाझी घोषित भएका छन् । रायमाझीले कनकाई नगरको खेलकुद दुत र कोच नियुक्त भएसँगै कनकाई नगरपालिकाका महिला खेलाडीले विभिन्न प्रतियोगितामा उपाधि हात पार्नुका साथै दर्बिलो उपस्थिति जनाउँदै आएका छन् ।

विजेता टिम र खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उपाधि प्रदान गर्नुभएको थियो । झापाली टिमलाई हौसला प्रदान गर्न कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, वडाध्यक्ष रोशन सुवेदी, विजय पाठक लगायतले टिम विराटनगर पुगेको थियो 

EPIC EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *