झापासहित देश भरी भित्राइँदै फूलपाती

भद्रपर। बडादसैंको सातौं दिनमा पर्ने यस दिन झापा सदरमुकाम भद्रपुरमा नेपाली सेनाबाट बढाइँ कार्यक्रम गरिएपछि धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइएको छ ।

फूलपाती भित्र्याउन केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका प्रकारका पातहरू प्रयोग हुनुमा छुट्टै महत्व रहेको छ । यी नौ पातमा क्रमशः ब्रहृमाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर पुजिएको धार्मिक कारण रहेको छ ।

EPIC EPIC EPIC

फूलपाती भित्र्याइने परम्परा

फूलपातीको अघिल्लो दिन षष्ठीमा गोरखा नगरपालिका कार्यालय भएको ठाउँभन्दा केही पर रहेको चौरमा गोरखा दरबारका भृकुटी, सुसारे, कलस्यौलीले भेडाको बली चढाएर बेल निमन्त्रणा गरेपछि फूलपातीका लागि आवश्यक सामग्री सङ्कलन गर्नु पर्ने प्रचलन रहेको छ ।

गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याइएको फूलपातीलाई हनुमानढोकामा भित्र्याउने परम्परा रहिआएकोछ ।

यस क्रममा गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको सो फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा बिधी पुर्वक भित्र्याइन्छ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राष्ट्रप्रमुखको रुपमा श्री ५ महाराजाधिराजको उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने प्रचलनको सुरुवात हुन पुगेको छ ।

फूलपाती भित्र्याइने ईतिहास

श्री ५ पृथ्वीनारायण शाह नुवाकोटमा रहुञ्जेल गोरखकाली मन्दिरमा सिँगारेको फूलपाती नुवाकोट दरबारमा भित्र्याउँने प्रचलन रहेको थियो भने पछि काठमाडौँमा राजधानी सरेपछि हनुमानढोका दरबारमा भित्र्याउने परम्परा हालसम्म कायम नै रहेको छ ।

यातायातको सुबिधा नभएको ऐतिहासिक काल खाण्डमा गोरखाबाट बुङ्कोटघाट, धादिङको सल्यानटार, नुवाकोट, सामरी भञ्ज्याङ हुँदै पैदलबाटो नै फूलपाती हनुमानढोका पुर्याइन्थ्यो ।

एउटा लाठेले एकठाउँबाट बोकेर अर्को ठाउँमा पुर्‍याउने, त्यहाँबाट अर्को लाठेले दौडाएर अर्को ठाउँको लाठेलाई दिने गरेर सातदिनको बाटो एकैदिनमा दौडाएर पुर्याइन्थ्यो ।

आज टुँडिखेलमा नेपाली सेनाबाट बढाइँ कार्यक्रम गरिएपछि देशभर धार्मिक परम्परा अनुसार घरघरमा फूलपाती भित्र्याइन्छ । फूलपातीको अवसरमा नेपाली सेनाबाट काठमाडौंको टुंडिखेलमा फूलपाती हर्षबढाईं तथा निशान प्रदान कवाज समारोह आयोजना हुने गरेको छ । हालका दिनमा पनि हर्षबढाईं समारोह अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभा अध्यक्षलगायत विशिष्ठ अतिथि महानुभाव सैनिकमञ्च टुँडिखेल जाने कार्यक्रम रहिआएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च