संखुवासभाबाट झापा आउंदै गरेको बस दुर्घटना हुदाँ १४ जना घाइते भएको छन् । शनिबार विहान संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट झापाको दमकको लागि छुटेको बा २ ख ७२४४ नम्बरको बस लालिगुराँस नगरपालिका टुटेदेउरालीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डियसपी लीलाराज लामिछानेले बताए । उनको अनुसार, बसमा सवार १४ जना यात्रुहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा धर्मदेवी–९ का सविन बिष्ट, अश्विन भारती र हिरा भारती, धर्मदेवी–६ का मनकुमार कटुवाल, श्रीमान तामाङ, सुजन कटुवाल, प्रतिमा तामाङ र सोममायाँ थायुम, धर्मदेवी–५ का धनमायाँ चापागाईं, धर्मदेवी–७ का बिष्णु कटुवाल, भवानी कार्की र रत्नमायाँ कटुवाल, धर्मदेवी–१ का दलबहादुर कार्की र धनकुटा महालक्ष्मी नगरपालिका–१ का बिमल विश्वकर्मा घाइते भएका छन् ।
घाइतेलाई तेह्रथुमको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्था देखिएका सविन बिष्ट र अश्विन भारती, रत्नमाया कटुवाल र दलबहादुर कार्कीलाई थप उपचरको लागि धरान स्थि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प पठाएको डियसपी लामिछानेले बताए । बस दुर्घटना लगत्तै चालक संखुवासभा धर्मदेवी–६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ ।