Search
Close this search box.
Search
Close this search box.

‘झापा कप-२०८१’ को तयारी अन्तिम चरणमा

बिर्तामोड । डाेमालाल राजब‌ंशी रंगशालामा मंसिर २९ गतेदेखि हुन लागेको ‘झापा कप-२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियाेगिताका लागि सहभागी टिम फाइनल भएकाे छ भने खेल मैदानदेखि दर्शकका लागि बस्ने प्याराफिट निर्माण सम्पन्न भएकाे छ । 

प्रतियोगितामा सहभागी हुने क्लबको टुङगो लागेको झापा-११ सचिव चेतामणि खनालले जानकारी दिए । प्रतियोगितामा आयोजक झापा-११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौंको एनआरटी फुटबल क्लब, चर्च व्वाईज युनाइटेड, ईटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।

EPIC

यसैगरी दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियनसमेत रहेकाे चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब सहभागी हुने तय लागेको उनले जानकारी दिए । 

मंसिर २९ गते सुरु हुने प्रतियोगिताको फाइनल पुस-८ गते सम्पन्न गर्ने कार्यक्रम छ । प्रतियोगिताका लागि १० हजार जना दर्शक क्षमताको बेम्बो प्याराफिट निर्माण, खेल मैदान मर्मत लगायतको काम सम्पन्न भएको आयाेजकले जनाएकाे छ । 

प्रतियोगिताको बिजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने आयोजक समितिका संयोजक केशबराज दाहालले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अब द म्याचले १० हजार नगद तथा प्रतियोगिताको अवधिमा सर्वाधिक गोलकर्ता एकजना तथा उत्कृष्ट गोल किपर एकजनालाई खेलाडीलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ । 

यसैगरी प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घाेषणा गरेर नगद ३५ हजार रुपै‌याँ प्रदान गरिने छ । यस्तै प्रतियोगिताको सर्वाेउत्कृष्ठ एकजना खेलाडीलाई मष्ट भ्यालु्एबल खेलाडी  घोषित गरेर नगद १ लाख रुपै‌याँ प्रदान गरिने झापा-११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *