झापा क्षेत्र नं. २ मा एमालेको निर्वाचन परिचालन समिति गठन, संयोजकमा एकराज कार्की

झापा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले झापा क्षेत्र नं. २ मा निर्वाचन परिचालन समिति गठन गरेको छ। प्रदेश कमिटी सदस्य एकराज कार्कीको संयोजकत्वमा समिति गठन गरिएको हो।

सोमबार बिर्तामोडमा बसेको क्षेत्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्वाचन परिचालन समिति घोषणा गरेको हो। समितिको सह संयोजकमा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी र सचिवमा बद्री भट्टराई चयन भएका छन्।

EPIC EPIC EPIC

निर्वाचन परिचालन समितिमा झापा क्षेत्र नं. २ भित्र पर्ने प्रदेश कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू, प्रदेशका विभागीय तथा सल्लाहकारहरू, जिल्ला लेखा कमिटी, क्षेत्रीय र प्रदेश क्षेत्रीय कमिटीका पदाधिकारी–सदस्यहरू, जिल्ला सल्लाहकार र विभागहरू, विर्तामोड र अर्जुनधारा नगर पार्टी कमिटी, कन्काई र बुद्धशान्तिका सम्बन्धित वडाका प्रतिनिधिहरू, क्षेत्र नं. २ अन्तर्गतका २५ वटै वडाकमिटीका पदाधिकारी तथा सदस्यहरू सहभागी छन्।

यसका साथै जनवर्गीय संगठनका सबै तहका पदाधिकारी तथा सदस्यहरू, यस क्षेत्रमा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरू र पार्टी सदस्यहरू पनि समितिमा समेटिएका छन्।

निर्वाचन रणनीति तय गर्न क्षेत्रस्तरीय स्टेरिङ कमिटी पनि गठन गरिएको छ।

समितिको सचिवालयमा संयोजक एकराज कार्की, सल्लाहकार संयोजक हरिचरण सिवाकोटी, आर्थिक संयोजक चिन्तन पाठक र केन्द्रीय सदस्य एलिसा गौतम रहेका छन्। त्यस्तै जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, जिल्ला उपसचिव अनिता कन्दङ्वा, क्षेत्रीय संयोजक बद्री भट्टराई र प्रदेश सभा सदस्य कमला थापा मगर पनि सचिवालय सदस्य छन्।

स्थानीय सरकारका तर्फबाट बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङ, बिर्तामोड उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र अर्जुनधारा उपप्रमुख खड्गमाया पराजुलीलाई पनि सचिवालयमा समावेश गरिएको छ।

बैठकले निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न विषयगत समितिहरू गठन गर्ने निर्णय पनि गरेको छ।

यसअन्तर्गत सल्लाहकार समिति, अनुगमन तथा निरीक्षण समिति, आर्थिक परिचालन समिति, प्रतिवद्धता पत्र तयारी समिति, सञ्चार तथा प्रचार संयन्त्र समिति र प्रचार सामग्री सम्पादन समिति गठन गरिएको छ।

त्यसैगरी अन्य राजनीतिक दलहरूसँग संवाद, सहकार्य र समन्वय गर्न ‘विपक्षी पार्टीसँग समन्वय तथा साझेदारी सहजीकरण समिति’ पनि गठन गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *