झापा क्षेत्र नं २ मा निर्वाचन रोचक हुने संकेत

पालिका सन्देश। झापा क्षेत्र नं २ मा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। प्रमुख दलदेखि स्वतन्त्र उम्मेदवारसम्मको चासो बढेसँगै यो क्षेत्रको चुनाव निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ।

नेकपा एमालेबाट वर्तमान सभामुख देवराज घिमिरेको उम्मेदवारी लगभग टुंगो लागेको छ। यसअघि पनि यही क्षेत्रबाट निर्वाचित घिमिरेलाई पुनः एमालेको बलियो उम्मेदवारका रूपमा हेरिएको छ। यता नेपाली कांग्रेसबाट सरिता प्रसाईंको नाम चर्चामा रहेको छ भने नेकपा (माओवादी केन्द्र) बाट धर्मशिला चापागाईंले टिकट पाएको चर्चा राजनीतिक वृत्तमा छ।

EPIC EPIC EPIC

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फबाट स्वागत नेपालले आज औपचारिक रूपमा प्रवेश गर्दै झापा क्षेत्र नं २ को उम्मेदवार बन्ने तयारी गरेका छन्। स्वागत नेपाल यसअघि २०७९ सालको निर्वाचनमा देवराज घिमिरेसँग पराजित भएका थिए र त्यसबेला स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए।

यसैगरी श्रम संस्कृति पार्टीबाट केशव राज भण्डारी उम्मेदवार बनेको चर्चा छ। यस क्षेत्रबाट केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा उत्रने सम्भावना रहेको बताइएको छ। बुद्धशान्ति गाउँपालिका निवासी सामाजिक व्यक्तित्व मनोरथ तिवारीले समेत मुलुकका बेथिति,भ्रष्टाचार र सरकारि निकायले खाने कमिसन लगायतका विशेषयमा नागरिक लाई सुसूचित गर्दै जगाउने, व्यवस्थागत बेथितिविरुद्ध उम्मेदवारी दिने संकेत सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निसा डाँगी अथवा पूर्व उपसभामुख इन्दिरा राना मगरमध्ये एक जनाले उम्मेदवारी दिने चर्चा पनि चलिरहेको छ। यसले झापा क्षेत्र नं २ को चुनाव अझै प्रतिस्पर्धात्मक र चासोपूर्ण बन्ने संकेत दिएको छ।

भौगोलिक रूपमा झापा क्षेत्र नं २ मा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका वडा नं १ देखि ९ सम्म, कनकाई नगरपालिकाका वडा नं ८ र ९, तथा बुद्धशान्ति गाउँपालिकाका वडा नं १, २ र ३ समेटिएका छन्। यी क्षेत्रहरूमा शहरी र ग्रामीण मतदाताको मिश्रण रहेकाले चुनावी परिणाम अनुमान गर्न कठिन देखिन्छ।

बहुदलीय र स्वतन्त्र उम्मेदवारको सक्रियताले झापा क्षेत्र नं २ को निर्वाचन राजनीतिक रूपमा निकै पोचिलो र निर्णायक बन्ने संकेत देखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *