Search
Close this search box.
Search
Close this search box.

झापा गाउँपालिकामा आगलागी, गोठसहित खसी र बाख्रा जलेर नष्ट

baksilabazar panchthar fire

झापा गाउँपालिका वडा नम्बर ६ मा आगलागी हुँदा गोठमा रहेको खसी र बाख्रासहित गोठ जलेर नष्ट भएको छ । गएराती अन्दाजी १० बजेको समयमा झापाको झापा–६ स्थित सकुन्तला खड्काको गोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्किएको थियो । 

आगलागी हुँदा टिनको छानो टाटी बेरा भएको गोठ पूर्ण रुपमा जलेर गोठ भित्र रहेका एउटा खसी र एउटा बाख्रासमेत जलेर नष्ट भएको जिल प्रहरी कार्यालय झापाले जनाएको छ । 

EPIC

आगलागीमा  एक लाख रुपैयाँ बराबरको क्षति भएको र १०ः४५ मिनेटमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीसहित स्थानियबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रण भएको आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *