झापा। झापा गाउँपालिका ४ चौधरीबस्तीका एक ५७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।एक महिनासम्म भारतको कश्मिर बसेर उनी बैशाख १२ गते घर आएका थिए।
घरमा थकित भएर आएका उनको स्वासप्रस्वासमा समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए । उनका अनुसार उनलाई बिर्तामोडको बिएण्डसी लगिँदा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।तर, उपचारमा दुई लाख खर्च लाग्ने भएपछि उनलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उनलाई धरानले समेत रेफर गरेर बिराटनगरको नोवेलमा पठायो। तर, नोबेलमा उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको बिश्वकर्माले जानकारी दिए ।योसँगै झापा गाउँपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ।
दुई दिनअघि मात्र सोही वडाका अलकासबस्तीका एक मुसलमानको मृत्यु भएको थियो।