झापा गोल्डकपको उपाधि भिडन्त : झापा–११ र भद्रपुर ब्लेजर्स आज आमनेसामने

झापा, १६ फागुन – भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ, जहाँ झापा–११ र भद्रपुर ब्लेजर्स आमनेसामने हुनेछन्।

प्रतियोगितामा दुवै झापाली टोली फाइनलसम्म पुगेका छन्, जसले उपाधि झापामै रहने निश्चित भएको छ। सेमिफाइनल चरणमा भद्रपुर ब्लेजर्सले बंगलादेशको काउर्न बाजार प्रगति संघलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। उता, झापा–११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो।

EPIC EPIC EPIC EPIC EPIC

बिहीबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले आफ्नो जीतको दाबी गरेका छन्। दुबै झापाली टिम फाइनलमा भिड्न लागेको हुँदा समर्थकहरूलाई कुन टिमलाई समर्थन गर्ने भन्ने अन्योल छ।

प्रतियोगिताको विजेताले नगद १३ लाख रुपैयाँ, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछ, भने उपविजेताले नगद ७ लाख रुपैयाँ, ट्रफी र मेडल पाउनेछन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) ले नगद १ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार रुपैयाँ दिइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी गराएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *