झापा २ (ख)मा प्रदेश सांसदमा भिडेका चिन्तन पाठक को हुन् ?

वि.सं. २०२३ साल कात्तिक १७ झापाको बुद्धशान्ति–२ मा जन्मिएका चिन्तन-(तिलचन) पाठक देवीप्रसाद र आमा लक्ष्मीदेवी पाठकका कार्इंलो छोरा हुन् । सरल स्वभावका चिन्तनले बिद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका थिए ।

बुधबारेमा रहेको सरस्वती प्राविबाट प्राथमिक शिक्षा आरम्भ गरेका पाठकले बुद्धआदर्श मावि बुधबारेबाट माध्यमिक तहको शिक्षा लिएका थिए । प्रमाणपत्र तह प्रथम वर्ष धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र दोश्रो वर्ष नेपाल ल क्याम्पस काठमाडौंबाट पूरा गरे । राजनीतिक जीवनसंगै अध्ययनलाई पनि प्राथमिकता दिएका चिन्तनले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामबाट कानून विषयमा स्नातक तह उत्तीर्ण गरेका छन् । उनी कानून व्यवसायी समेत हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

चिन्तनले राजनीतिक रुपमा पनि आफूलाई अग्रपंक्तिमा उभ्याउन सफल भएका छन् । २०३६–०३७ को विद्यार्थी आन्दोलन, २०३८मा अनेरास्यवियु बुद्धआर्दश माविमा प्रारम्भिक कमिटीमा संगठित, २०३८–२०४४ सम्म अनेरास्ववियु विशेष इलाका कमिटीको सदस्यसचिवको जिम्मेवारी, २०४४मा अनेरास्यवियु झापा जिल्ला कमिटी सदस्य, २०४६मा महेन्द्र बहुमुखी क्याम्पस धरानमा प्रारम्भिक कमिटी सचिव, २०४७–२०४९ सम्म काठमाडौं नगर कमिटीको कोषाध्यक्ष, सचिव हँुदै अध्यक्ष बन्न सफल भएका थिए । २०४८ सालमा बुधबारे गाउँ कमिटि सचिव तथा इलाका कमिटि उपसचिव, सचिव भएका थिए ।

त्यस्तै २०५० चैत्र २०–२५ गतेसम्म हेटौडामा सम्पन्न १२ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय शिक्षा सदस्यमा निर्वाचित भई मेची इञ्चार्जको जिम्मेवारी सम्हालेका थिए । २०५२ चैत्र १३–२० गतेसम्म विराटनगरमा सम्पन्न १३औं राष्ट्रिय सम्मेलनबाट पुनःकेन्द्रीय सदस्यमा निर्वाचित भई मेची इञ्र्चाजको जिम्मेवारी पाएका थिए । २०५५ भदौमा काठमाडौंमा सम्पन्न १४औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित भई केन्द्रीय शैक्षिक विभागको जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक यात्रालाई कायम राखन सफल भए । उनले प्ररायुसंघ अन्तर्गत जिल्ला कमिटी सदस्यको जिम्मेवारी पनि पूरा गरेका छन् ।

एमाले पार्टीको जिम्मेवारी
नेकपा एमाले अन्तर्गतका विभिन्न संगठनको जिम्मेवारी सम्हाल्दै चिन्तनले २०५० सालमा तत्कालीन बुधबारे गाउँ कमिटी सदस्य, सचिव, नेकपा एमाले ६ नं। इलाका कमिटी सदस्य, सचिव, नेकपा एमाले विद्यार्थी फ्याक्सन जिल्ला सदस्य, सचिव, नेकपा एमाले विद्यार्थी फ्याक्सन अञ्चल सदस्य, नेकपा एमालेको सामाजिक परिचालन विभाग,सहकारी विभाग,संगठन विभाग, सदस्यको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हाली सकेका छन् ।

त्यस्तै २०५६ फागुन २१–२३ गतेसम्म सम्पन्न नेकपा एमाले ५औं झापा जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीमा मनोनित जिल्ला सदस्य, २०६० जेठ २–४सम्म सम्पन्न नेकपा एमाले छैठौं झापा जिल्ला अधिवेशनबाट ५ नं। इलाका इञ्चार्ज, २०६३ भदौ २४–२६ सम्म सम्पन्न नेकपा एमाले ७ औं झापा जिल्ला अधिवेशनबाट ४नं। क्षेत्रीय सचिवमा निर्वाचित भएका चिन्तन एमालेको ८औं जिल्ला अधिवेशनमा सचिवमा पराजित भए पनि जिल्ला कमिटी सदस्यमा मनोनित भएका थिए ।

२०६९ फागुन २१–२३ सम्म सम्पन्न एमालेको ९औं जिल्ला अधिवेशनबाट कमिटीमा सर्वसम्मत सचिवमा निर्वाचित भएका थिए । उनी २०७१ पुस १७–१९ गते सम्पन्न एमाले प्रथम झापा जिल्ला परिषद् बैठकबाट अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका थिए ।

सबैसँग मिल्न सक्ने र सबैलाई पार्टीको नेतृत्वमा अग्रस्थानमा पु¥याउन अह्म भूमिका निर्वाह गरेका चिन्तन स्थानीय तहको निर्वाचनमा आफू पराजित भएपनि अधिकांश स्थानमा आफ्नो पार्टीको नेतृत्वलाई बिजयी गराउन सफल भएका थिए । उनी राजनीतिक यात्राकै क्रममा २०७६ वैशाख ९ गतेबाट नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रथम जिल्ला अध्क्षयको रुपमा चयन हुन सफल भएका थिए ।

कष्टडीको बास
नरम स्वभावका चिन्तन राजनीतिक जीवनका क्रममा पटक–पटक कष्टडी परेका छन् । पञ्चायत बिरोधी आन्दोलन, दासढुंगा हत्या आन्दोलन, कर्मचारी आन्दोलन तथा जनआन्दोलनको समयमा उनले पटक पटक कष्टडीमा जीवन बिताएका हुन् ।

सबैलाई एकै स्थानमा समेट्दै पार्टीलाई मजबुत बनाएर लैजानुपर्छ भन्ने गरेका चिन्तनले विभिन्न संघ–संस्थामा रहेर जिम्मेवारी सम्हालेका छन् । उनले बुधबारे संगै झापाका दर्जनौं सामाजिक संघ–संस्थाको नेतृत्वको अनुभव गरेका छन् । पत्रकारिताको पनि अनुभव सम्हालेका चिन्तन सहकारी संस्थाको प्रारम्भिक संस्थाको अध्यक्ष, जिल्ला सहकारी संघको सञ्चालक हँुदै जिल्ला लेखा समितिको संयोजक समेत भएका थिए । उनले शैक्षिक संस्थाहरुको नेतृत्व समेत सम्हालेका छन् । पार्टी कामको सिलसिलामा उनले भारत र थाइल्याण्डको समेत भ्रमण गरिसकेका छन् ।

छोरो मञ्जिल पाठक र बुहारी दिपज्योती कट्टेल पाठक, छोरी मेलिना पाठक, ज्वाईं सुमन बिमली, दुई सन्तानका बुबा चिन्तनलाई श्रीमती कमला पाठकले राजनीतिक यात्राको क्रममा पूर्णरुपमा साथ दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *