झारखण्डको पश्चिम सिंहभूम जिल्लामा नक्सलवादीहरूले पञ्चायत भवन र पुलमा विष्पोट

image search 1676618364262

झारखण्डको पश्चिम सिंहभूम जिल्लाको गोइलकेरा थाना क्षेत्रमा गएराति बम विष्फोटबाट एउटा पञ्चायत भवन र एउटा कल्भर्ट ध्वस्त भएको छ । लगातार दुईवटा बम विष्फोटका घटनाले सो क्षेत्रमा त्रास फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन्।

EPIC

गोइलकेरा पुलिस स्टेशन क्षेत्र अन्तर्गत कदमडिहा पञ्चायतको गितिल्पीमा रहेको पञ्चायत भवनमा नक्सलवादीहरूले आईईडी बम राखेर विस्फोट गराएपछि पूरै भवन ध्वस्त भएको प्रहरी स्रोतले जनाएको छ। केही समयपछि चाइबासा मफसिल प्रहरी चौकी क्षेत्र अन्तर्गत सोएत्बा-बरकेला चाइबासा सडकमा रहेको एउटा कल्भर्टलाई पनि नक्सलवादीहरूले विष्फोट गराए। उनीहरुले रुख काटेर सडकमा फ्याँकेका छन् जसका कारण सवारी आवागमन बन्द भएको बताइएको छ ।

EPIC EPIC EPIC


विगत केही महिनादेखि प्रहरीले नक्सलवादी विरुद्ध अभियान चलाइरहेको छ। यसबाट आक्रोशित नक्सलवादीहरूले पनि लगातार विस्फोटका घटनाहरू गराउँदै आएका छन् । पश्चिम सिंहभूम जिल्लाका एसपी आशुतोष शेखरले पञ्चायत भवनलाई नक्सलवादीहरूले विस्फोट गराएको बताए। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेको छ ।


घटनापछि भाकपा माओवादीले भित्तामा नारा लेखेर फागुन १२ देखि २४ गतेसम्म राज्यव्यापी प्रतिरोध दिवस सप्ताह मनाउने कुरा गरेको थियो । उनले माओवादीलाई धपाउने नाममा कोल्हानका आदिवासीमाथि प्रहरी र सेनाले गरिरहेको बर्बर युद्ध बन्द गर’ लेखेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *