झारफुकको बहानामा बालिकामाथि चार महिनादेखी यौन दुर्व्यवहार

विराटनगर– मोरङमा झारफुक गर्ने बहानामा बालिकामाथि बलात्कार भएको छ ।

विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय महमद साविरले झारफुकका नाममा बलात्कार गरेकाले उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

उनले विराटनगर–६ रामपुरमा दिदीसँग बस्दै आएकी १५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको बताइएको छ ।

पीडित बालिकाले उजुरी दिएपछि आरोपीलाई पक्राउ गरी छानबिन अघि बढाइएको मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार अचानक बेहोस् हुने, डराउने जस्ता समस्या देखिएपछि परिवारले झारफुकका लागि लगेको थियो ।

झारफुकको बहानामा विगत ४ महिनादेखि महमदले बालिकामाथि यौन दुव्र्यवहार हुँदै आएको अनुसन्बानबाट खुलेको जोशीले बताए ।

महमदविरूद्ध बालयौन दुर्व्यवहारसम्बन्धी कसुरमा मा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *