झिलझिलेमा उद्धार गर्न गएका दुईजनाले घाइतेको घाँटीको सिक्री चोरेपछि…

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बजारमा भएको दुर्घटनापछि उद्धारमा संलग्न दुई युवक नै घाइतेको सुन चोरी गरेको घटनामा संलग्न पाइएको छ।

घटना अनुसार, गत साउन २९ गते झापा कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बु स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेपछि स्थानीयले उनलाई उद्धार गरी एम्बुलेन्समा पठाएका थिए। तर, उक्त समयमा लिम्बुले घाँटीमा लगाएको करिब ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको भनी पीडित पक्षले साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमामा उजुरी दिएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरी अनुसन्धानका क्रममा उद्धार कार्यमै संलग्न शिवसताक्षी–८ का २८ वर्षीय सुरज हलुवाई र त्यही स्थानका २६ वर्षीय गोबिन हाङ लिम्बुले सिक्री चोरी गरेको खुल्न आएको हो।

प्रहरीले उनीहरूबाट चोरी गरी लुकाइछिपाइ राखिएको सिक्रीको टुक्रा (३९ ग्राम २२ मिलिग्राम) र नगद रु. ३० हजारसहित साउन ३२ गते बेलुकी ६:३५ बजे गणेशचोकबाट बरामद गरेको जनाएको छ।

घटनामा संलग्न दुवैजनालाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यसका लागि जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *