काठमाडौँ- गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात् दिपक मनाङे पदमुक्त भएका छन्। उनी झुटो विवरण राखेर सांसद् बनेको ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई पदमुक्त गरेको हो।
उनी खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका थिए।
२१ वर्षअगाडि २०६१ सालमा दीपक मनाङेको समूहले अर्का गुण्डानाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमणमा उत्रिएको थियो।
सोही घटनामा चक्रे मिलनले मनाङेबिरुद्ध मुद्दा दर्ता गरेका थिए। जिल्ला अदालतले उक्त घटनालाई सामान्य कुटपिटमात्र भनेर दुई वर्ष कैद सुनाए पनि सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने प्रयास गरेको कसुरमा सजाय सुनाएको थियो।