Search
Close this search box.
Search
Close this search box.

झोलुङ्गे पुल फलोअपः गाउँपालिकाले बिना अनुगमन दियो ४३ लाख भुक्तानी

कहाँ हरायो पुलको सामान

विष्णु प्रसाद लामिछाने । बुद्धशान्ति

सार्वजनिक खरिद ऐन अनुसार प्रत्येक सरकारी निकायले खरिद गरेका सामाग्रीको लगत राख्ने जिम्मेवारी स्टोर कर्मचारीलाई दिएको हुन्छ । नियमानुसार गाउँपालिका कर्मचारीले सामग्री आइसकेपछि भुक्तानी दिनुपूर्व सामग्री भए नभएको चेकजाँच गर्नुपर्ने हुन्छ ।

EPIC

तर बुद्धशान्ति ६ र ७ लाई जोड्ने झोलुङ्गे पुलको सामग्री आइसकेपछि निर्माण उपभोक्ता समिति र प्राविधिक सहयोग गरिरहेको साहारा नेपालका कर्मचारीको रोहबरमा ४३ लाखको सामान झर्छ र उनीहरुले पेश गरेको कागजकै आधारमा गाउँपालिकाले भुक्तानी दिन्छ । कागजी दस्तावेजले स्पष्ट रूपमा सामग्री आएको देखिएपनि सोही समयमा वडाका वडाध्यक्ष र गाउँपालिकाका स्टोर कर्मचारी त्यहाँ नपुग्नुले शंका गर्न सक्ने स्पष्ट स्थान भने दिएको छ ।

गाउँपालिकाका स्टोर हेर्ने कर्मचारी भिष्म सिटौलालाई यसबारे बुझ्दा आँफु सामान झरेको बेला हेर्न नगएको बताए । पुलसँग जोडिएका अन्य निकाय र स्थानीयसँग सामग्रीबारे बुझ्दा सामान आएको तर प्राबिधिक हिसाबले वर्गीकरण गर्न नसकिने भएकाले कुन–कुन सामग्री झर्यो भन्नेबारे यकिन गर्न नसकिने बताउँछन् ।

उपभोक्ता समितिले गरेका ५ लाख सम्मका कामहरुको अनुगमन गर्न जाने गाउँपालिकाका कर्मचारीहरु ४३ लाखको भुक्तानी दिनुपूर्व आखिर अनुगमन गर्न किन गएनन् ? यो प्रश्न यतिबेला सिङ्गो बुद्धशान्ति गाउँपालिका कार्यालयमाथी खडा भएको छ । सामान हराएको खबर यत्रतत्र सर्वत्र हुँदा पनि अन्धाधुन्ध ४३ लाख भुक्तान दिएर पठाउने गाउँपालिकाका कर्मचारी अहिलेपनि केही नभए झैं प्रस्तुत भएका छन् ।

समिति बन्नु पूर्व नै विवाद

गत वर्ष सोही झोलुङ्गे पुल निर्माणका लागि वडा नम्बर ७ का नवराज गड्तौलाको अध्यक्षतामा निर्माण उपभोक्ता समिति बनेको थियो । साहारा नेपालका प्रतिनिधि सहित बनेको उक्त समितिले निर्वाचन आचारसंहिताका कारण काम शुरु गर्न भने सकेन ।

नयाँ जनप्रतिनिधि आएसँगै पुरानो समितिसँग समन्वय नगरी वडाले नयाँ उपभोक्ता समिति बनाएपछि केही समय विवाद सतहमा आयो । त्यसो त साहारा नेपालले पनि पहिले बनेको समिती खारेज हुनुको कारण बुझेको देखिदैन ।

साहारा नेपालका कर्मचारी लिलाराज नेपालले आँफुहरु गाउँपालिकासँग भएको प्राविधिक पाटो हेर्ने सम्झौता बाहेक अन्य कुरामा चासो नदिने बताए । उनले भने, ‘अघिल्लो बर्ष समिति बनाउँदा हामीलाई खबर आएको थियो हामीले सोही अनुरुप सहजीकरण गरेका थियौँ, यो वर्ष हामीलाई खबर आएन तर पनि हाम्रो जिम्मेवारी हामी पुरा गर्दैछौँ ।’

काम रोकिदैन, पुल बनाएरै छोड्छौँ

झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव अर्यालले पुल निर्माणलाई पूर्णता दिएरै छोड्ने बताएका छन् । ‘हामी नयाँ बजेट खोजेर भएपनि पुललाई पुरा गरेरै छोड्नेछौँ, मनसुन अगाडि नै लट्ठा लाग्छ’ उनले भने ।

‘हराएको सामान बारे प्रश्न गर्दा उनी भन्छन्, ‘जङ्गल, घारी, खोला, मान्छेका गोठ सबैतिर खोजी गर्यौं सामान भेटिएन एकजना साथीले आर्जे हेराउँदा भेटिन्छ भन्नुभयो त्यसो पनि गरियो सामानको केही मेसो मिलेन अब प्रशासनले नै खोजी गरिरहेको छ’ उनले भने ।

झोलुङ्गे पुल सम्बन्धी अघिल्लो अंक पढ्नुहोस् – झोलुङ्गे पुल भाग १ः भेटिएन चोरी भएको झोलुङ्गे पुलको सामाग्री

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *