नेपालगञ्ज। बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयांकरले ठक्कर दिँदा दुई बालकको मृत्यु भएको छ ।
भे १ ख ४१०७ नम्बरको पानी टयांकरले ठक्कर दिँदा स्थानीय बालक ९ वर्षीय शिउकुमार गोदिया र ८ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।
घटनापछि आक्रोशित भएका स्थानीयले टयांकरमा आगजनी गरेका छन् । आगजनीबाट ट्यांकर पूर्ण रूपमा क्षति भएको छ । अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशिले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउण्ड हवाइ फायर गर्नुपरेको बताए । ‘घटनाको सबै विवरण अझै आइसकेको छैन तर स्थिति नियन्त्रण बाहिर छ’, उनले भने ।