टिकटकमा उग्र अभिव्यक्ति दिएकी रमालाई प्रहरीले पक्राउ गर्दा अर्धमुर्छित, हिरासतमा रोइरहेकी

काठमाडौं — केही समयदेखि टिकटकमा सरकारविरोधी अभिव्यक्ति दिँदै आएकी रमालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको कोठाबाट एक्लै बस्दै आएकी रमालाई अचानक साइबर ब्यूरोको टोली आएर पक्राउ गर्दा उनी आत्तिएकी थिइन्।

प्रहरी स्रोतका अनुसार पक्राउ गर्ने बेलामा उनी निकै नर्भस देखिएकी थिइन्। दरबारमार्ग वृत्तका एक प्रहरीका अनुसार, “हिरासतमा पुर्याउँदा अर्धमुर्छितजस्तै हुनुभयो, वान्ता पनि गर्नुभयो। त्यसपछि राति नै वीर अस्पताल लगेर सामान्य उपचार गरियो।”

EPIC EPIC EPIC EPIC EPIC

उपचारपछि उनलाई फेरि हिरासतमा राखिएको छ, जहाँ उनी अनवरत रोइरहेकी थिइन्। आज भने उनको स्वास्थ्य केही सामान्य भएको प्रहरीको भनाइ छ।

प्रहरीले उनलाई तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। रमालाई आफूविरुद्ध कसले उजुरी दिएको हो भन्ने अझै थाहा छैन। बुवा अस्पतालमा बिरामी, आफू हिरासतमा—दुई दुःख एकैसाथ आइलागेपछि उनी निकै तनावमा रहेको बताइएको छ।

कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेकी रमा हाल रास्वपाको समर्थन र सरकारको आलोचना गर्दै टिकटक भिडियो बनाउने गर्थिन्। उनका कतिपय अभिव्यक्तिहरू उग्र किसिमका थिए, जसलाई प्रहरीले साइबर अपराध अन्तर्गत कारवाही अघि बढाएको हो।

रमाका आफन्त काठमाडौंमा खासै छैनन्। एक साथीका अनुसार उनलाई हिरासतमा अहिलेसम्म कोही फेर्ने लुगा पनि लिएर गएको छैन। निजी कम्पनीमा साधारण जागिर खाने रमा यस घटनाले मानसिक रूपमा पनि थलिएको देखिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *