टिपरको ठक्करबाट नगरपालिकाका कर्मचारीको मृत्यु

संखुवासभा चैनपुरमा टिफरले मोटरसाइकललाई ठक्कर दिदा चैनपुर नगरपालिकाका कर्मचारी पदम श्रेष्ठको मृत्यु भएकाे छ । सनिबार साँझ ६ :३० बजेको समयमा चैनपुर नगरपालिका वडा नम्बर ८ बानेश्वर स्थित भ्यु होटल नजिक कोशी राजमार्गमा सवारी दुर्घटना भएको हाे ।


चैनपुरबाट खराङ तर्फ जाँदै गरेको प्रदेश१-०२-००१ख ८२४९ नम्बरको टिफरले सोही दिशाबाट जाँदै गरेको को. १५प ९८३१ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुदा मोटरसाईकल चालक जिल्ला संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष अन्दाजी ४९/५० को पदम श्रेष्ठ गम्भिर घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरको हाे । टिफर चालक चैनपुर १० खराङ बस्ने बर्ष अन्दाजी ३३/३४ कमानसिंह तामाङ इलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा रहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *