टिप्स/जानकारी :वजन घटाउने ७ घरेलु उपाय

शहरिया जीवनशैलीमा मोटपन अर्थात् वजन बढ्नु अहिले सामान्य बनेको छ। यसका लागि अनेक तरिका अपनाइन्छन् पनि। तर, कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्ने कुरामा निकै कमले ध्यान पुर्याउँछन्। आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर वजन  घटाउने घरेलु उपाय यसप्रकार छन्:

मह र कागती
कागती र मह मिसाएर खानाले वजन कम हुन्छ। एक गिलास पानीमा मह र कागती राखेर थोरै कालीमर्चा राख्नुपर्छ। बिहान उठ्नेबित्तिकै नियमित यसको प्रयोगले वजन घटाउन मद्दत गर्छ।

EPIC EPIC EPIC

ग्रिन टी
चिया धेरैको जीवनशैलीको अभिन्न अंग हो। बिहानै दुध चियाको सट्टा ग्रिन टी पिउँदा दोहोरो फाइदा हुन्छ। एउटा त चियाको तलतल मेट्छ, अर्काे यसमा रहेको पोलिफेनाल्स नामक तत्वले बोसो घटाउन सहयोग गर्छ  । युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका शोधकर्ताले यो पत्ता लगाएका हुन्।

लौका
लौकामा पानी र रेशाको मात्रा अधिक हुन्छ। यसलाई तरकारीका रुपमा पनि खान सकिन्छ र जुस पनि पिउन सकिन्छ। १०० ग्राम लौकाको जुसमा केवल १२ क्यालोरी हुन्छ।

स्याउको जुस
स्याउको जुस हरेक बिहान पिउन सक्यो भने वजन क मगर्न सघाउँछ। यसले रक्तसञ्चार नियमित गर्छ। जसले गर्दा शरीरका सम्पूर्ण प्रणाली सहज रुपमा आफ्नो कार्य गर्न पाउँछन् र बोसो सञ्चित हुने संभावना कम हुन्छ।

धनियाँ
यसले किड्नीको सफाइ गर्ने काम गर्छ। किड्नीमा रहेको विकार बाहिर निकालेर स्वस्थ रहन मद्दत गर्नुका साथै पेटसँग सम्बन्धित रोग पनि  ठिक पार्छ। यसले छिटै भोक लाग्ने समस्याबाट मुक्त गर्छ।

टमाटर
टमाटरमा बिटा क्यारोटिनको र आइकोपिनको मात्रा धेरै हुन्छ। त्यसैगरी यसमा फाइबर ज्यादा र क्यालोरी कम हुन्छ। जसले वजन घटाउन मद्दत गर्छ। बिटा क्यारोटिन शरीरका लागि फाइदाजनक तत्व हो।

पानी पिउने र एक्सरसाइज गर्ने काम पनि यीनको प्रयोगसँगै हुनुपर्दछ। किनभने एक्सरसाइज त सम्पूर्ण अंगका लागि अनिवार्य कुरा नै हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *