Search
Close this search box.
Search
Close this search box.

टी-२० विश्वकप विजेताले २४ लाख ५० हजार डलर पुरस्कार पाउने

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको विजेताले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सोमबार एक विज्ञप्ति जारी गरी टी-२० विश्वकपका लागि अहिलेसम्मको धेरै पुरस्कार रकम घोषणा गरेको हो ।

EPIC

विश्वकपको उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछन् । त्यस्तै प्रतियोगितामा सहभागी सबै टिमले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । आईसीसीको यो घोषणा अनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । यो भनेको करिब ३ करोड नेपाली रुपैयाँ हो ।

प्रतियोगिताको पुरस्कार वितरण २९ जूनमा बार्बाडोसको किङ्स्टन ओभलमा गरिनेछ । टी-२० विश्वकपको सेमिफाइनलमा पुगेका बाँकी दुई टिमले जनही ७ लाख ८७ हजार डलर पाउनेछन् ।

क्वार्टरफाइनलमा पुगेका तर सेमिफाइनल पुग्न नसकेका ४ टिमले जनही ३ लाख ८२ हजार डलर पाउनेछन् । नवौं, दशौं, ११ र १२ स्थानमा रहने टिमले २ लाख ४७ हजार डलर पाउनेछन् भने १३ देखि २० औं स्थानमा रहनेले २ लाख २५ हजार डलर पाउनेछन् । क्वार्टरफाइनल र सेमिफाइनल बाहेकका अरु खेल जित्नेले प्रति खेल जितेबापत ३१ हजार १५४ डलर पाउनेछन् ।

टी-२० विश्वकपमा २८ दिनभित्र ५५ खेल हुनेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *