Search
Close this search box.
Search
Close this search box.

टोरन्टोबाट दुबई जान लागेको एयर क्यानडाको ढोका यात्रुले खोलेपछि…

टोरन्टोबाट दुबईको उडानमा रहेका एक यात्रुले एयर क्यानडाको विमानमा चढेको केही बेरमै क्याबिनको ढोका खोलेपछि ती यात्री क्यानडाको टोरन्टो स्थीत पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलको टार्माकमा खसेका छन् ।

उडान एसी ०५६ मा चढेका एक यात्रु सामान्य रूपमा बोर्डिङ पछि आफ्नो सिटमा नगई विमानको विपरित छेउमा रहेको केबिनको ढोका खोलेको एयरलाइन्सले बताएको छ। बोइङ ७७७ विमान टोरन्टो एयरपोर्टको गेटमा रहेको थियो । ढोका खोलेपछि ती यात्रु करिब २० फिट उचाईबाट टार्माकमा खसेका थिए । प्रहरी र आपतकालिन स्वास्थ्य टोलीले घटनाको प्रतिक्रिया दिएका थिए ।

EPIC

घटनाबारे प्रहरीले राति ९ बजेतिर जानकारी पाएको थियो । अधिकारीहरूले ती व्यक्तिलाई पक्राउ गरेको र उपचारको लागि अस्पताल लगेको जनाइएको छ । अनुसन्धानले व्यक्ति संकटको अवस्थामा रहेको र उनलाई सामान्य चोटपटक लागेको खुलेको छ । उनको हालको अवस्था कस्तो छ भन्ने स्पष्ट छैन ।

३१९ यात्रु बोकेको उक्त उडान घटनाका कारण ६ घण्टा ढिलो भएको थियो । एयर क्यानडाको वेबसाइटका अनुसार विमान टोरन्टोबाट सोमबार राति ८ बजेर ३५ मिनेटमा प्रस्थान गर्ने तालिका थियो। तर मंगलबार बिहान करिब ३ बजेसम्म विमान उडेको थिएन।

पियर्सन एयरपोर्ट सञ्चालन गर्ने ग्रेटर टोरन्टो एयरपोर्ट्स अथोरिटी जीटीएएका प्रवक्ताले पनि घटनाको बारेमा जानकारी भएको पुष्टि गरेका छन् । उनले घटनाबारे एयर क्यानाडा र स्थानीय अधिकारीहरूसँग काम गरिरहेको बताएका थिए । एयर क्यानडाले घटनाको समीक्षा गरिरहेको बताएको छ।

सन् २०१८ मा युगान्डाको अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा विमान पार्किङ गर्दा यस्तो प्रकारको बोइङको आपतकालीन ढोकाबाट बाहिर खसेपछि इमिरेट्स एयरलाइनका एक उडान कर्मचारीको मृत्यु भएको थियो ।

त्यही वर्ष एयर इन्डियाको एक उडान कर्मचारीलाई पनि मुम्बईको छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलको टार्माकमा खसेपछि अस्पताल भर्ना गरिएको थियो । उनले गेटबाट पुशब्याकको क्रममा बोइङको ढोका बन्द गर्ने क्रममा खस्दा उनको दुवै खुट्टा भाँचिएको थियो भने छाती, पेट र मेरुदण्डको तल्लो भागमा गम्भीर चोट लागेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *