बुद्धशान्तिमा नदीजन्य पदार्थ अवैध रूपमा ओसारपोसार गर्ने पाँच ट्याक्टर प्रहरी नियन्त्रणमा

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाई खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अवैध रूपमा ओसारपोसार गर्दै गरेका पाँचवटा ट्याक्टर नियन्त्रणमा लिइएका छन्।

शुक्रबार बिहान करिब ११:३० बजे अस्थायी प्रहरी चौकी मङ्गलबारेबाट खटिएको गस्ती टोलीले अवैध रुपमा सञ्चालनमा रहेका ट्याक्टरहरू नियन्त्रणमा लिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीले मे १ त ५१३५, मे १ त ७३७२, मे १ त ७५४३, मे १ त ५४४६ र मे १ त २४६१ नम्बरका ट्याक्टरहरू पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका ट्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि बुद्धशान्ति गाउँपालिका कार्यालय, बुधबारेमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *